वीरगंज २३ गते बिहिवार
यातायात कार्यालय वीरगंजमा सवारी चालक पत्र बनाउनको लागि बिचौलीयाहरु मार्फत मोटो रकम लिएर कर्मचारीहरुले अवैध रुपले लाईसेन्स दिदै गरेको समाचार प्राप्त भएको छ।
यातायात कार्यालयको अधिकृत कमल गौतमले कार्यालय भित्र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले फर्म भरि लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएका व्यक्तीको भिडियो इडिट गरि पास गराउने गरेको स्रोतले जनाएका छन्।
सरकारले यातायात भईरहेको भष्ट्रचारी रोक्नको लागि ट्रायल सेन्टरको ग्राउणडमा सिसि क्यामेरामा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेको छ।
वीरगंजमा केही दिन पहिला यातायातका अधिकृत कमल गौतम हुदा विदेशी लाईसेन्स भएको व्यक्तिको नेपाली करण गरेको अभियोगमा विभागले छानबिन गर्दा कार्यबाहिमा परेका थिए।
गौतमले अरु कुनै ठाऊम गएपनि पैसाको बलमा पटकपटक यातायात कार्यालय वीरगंज अाउने गरेको एक यातायात कर्मचारीले बताएका छन् ।
त्यसै गौतम जस्ता अधकृितहरु अाएपछि वीरगंजमा १ मोटरसाइकलको लाईसेन्सको लागि १५ हजार र ठुलो चार चक्का सवारीहरुको २५ हजार र हेबी गाडीको लाईसेन्सको लागि ५० हजार ७५ हजार लिएर फेल भएका हरुलाई पैसा लिएर लिखित र ट्रायलमा फेल हुनेहरुको पास गराउने गरेको स्रोतले दाबि गरेका छन्।
त्यसैगरि बिचौलियाहरुले १ मोटरसाइकल १५ हजार र चार पाङ्ग्रे गाडीको २५ देखि ३५ हजार सम्म लिई कर्मचारीहरुलाई मोसाको १० र चार चक्काको २० हजार दिई फेेल भएकाहरुलाई पास गराउदै आएको नाम नछाप्रने सर्तमा एक बोचौलियाले बताए।
केही दिन कोरोनाको कारण चालक अनुमति पत्र बन्द रहेको कारण अहिले विगत तीन हप्ता देखि नया चालक अनुमति पत्रको अावदेन फर्म खुलेपछि यातायातका अधिकृत गौतमले बिचौलिया संग मिलेर फेल भएकाहरुलाई पैसा लिएर पास गराउने जिम्मा लिएका छन्।
यातायात कार्यालयमा यस्ता गतिविधि भईरहेको हुदा पनि समबन्धित निकाय तथा अख्तियारको ध्यान जान यति अावशयक देखिएको छ।