2024-05-05

Close

सिरहा । सिरहा नगरपालिका-१७ पटेर्वाका पूर्व शिक्षक एवम समाजसेवी राम अशिष गोईतको आज अन्तिम बिदाई गरिएको छ ।
बुधबार करिब चार बजेको समय आफ्नै निवास पटेर्वामा निधन भएको थियो ।
समाजको हकहितका लागि सदैव मार्गनिर्देशन दिने एक सालिन व्यक्तिको रुपमा यादव चिनिन्थ्यो । सिरहा नगरपालिका-१७ का वडावासीले एक अभिभावक गुमाएको छ ।
उनको शरीरमा हर्टको समस्या देखिएपछि पहिला काठमाडौ स्थित मेडिसिटी हस्पिटलमा एक हप्ता उपचार भयो पछि टिचिङ अस्पतालमा करिब अढाई महिना लामो समय भेन्टिलेटरमा राखी उपचार गरिएको थियो तर कुनै सुधार नभएपछि चारदिन आगाडी घर ल्याएको परिवारले जानकारी दिए ।
सिरहाको पटेर्वा कमला घाटमा पूर्व शिक्षक, समाजका पथप्रदर्शक गोईतको पार्थिव शरीरमा यादवको जेठो छोरा डा. कृष्ण कुमार यादवले दागबत्ती दिए पछि आज देखि बिधिवत रुपमा कृयामा बसेका छन ।     राम नाम लेखेका चादर ओढाएर नेकपा एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरिया, नेकपा एस नेता तथा प्रदेश सभा सदस्य प्रमोद यादव, जनता समाजबादी पार्टीका नेता शैलेन्द्र कुसैयत, नेकपा एमालेका नेता कमलदेव यादव, जनता समाजबादी पार्टीका नेता जितेन्द्र यादव लगायत शिक्षक, राजनीतिकर्मी, संचारकर्मी, स्थानीय, बुद्धिजिवीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds