वीरगन्ज २८ पुष
बाराको मटिआर्वा नाकाबाट व्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।
सिमानाकाको मुख्य जिम्मवारी पाएका सशस्त्र प्रहरी र शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणको लागि खटाएको प्रहरी चौकी मटिआर्वाको मिलोमतोमा ठुलो मात्रामा तस्करी सुचारु भएको छ।
मटिआर्वा नाकाबाट लत्ताकपडा , हाडयेवर , कबाड, ट्याक्टरमा धान, काजु, दुई ठुलो समूहले चामल,रक्सीको तस्करी भईरहेको स्रोतले जनाएको छ।
बाराको मटिआर्वा नाकाबाट राजु भन्ने तस्करले लत्ताकपडा , काजु , संदीप भन्नेले १० वटा ठेला प्रयोग गरि कबाडको तस्करी गर्दे आएको छ भन्ने रन्जन भन्नेले मदिरा , रक्सी र चामलको तस्करी र कुखुराको चल्ला गर्दे आएको प्रत्यक्षदर्शीहरुले बताएका छन।
जिल्ला प्रहरी कार्यालय बाराका सिमा सुरक्षाका प्रमुखहरु तस्करी रोक्न निर्देशन दिएपनि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिआर्वाका प्रमुख र प्रहरी चौकी मटिआर्वाको मिलोमतोमा रातभरी ट्याक्टर र मोटरसाइकलको आवाजले स्थानीयहरुलाई सुत्न समेत नसकेको नाम नछाप्रने सर्तमा एक युवकले बताए।
यस्ता गतिविधि तर्फ माथिल्लो निकायको ध्यान जान यति आवशयक देखिएको छ।