जनकपुरधाम, ४ फाल्गुन । धनुषाको विदेह नगरपालिका ६ तिनकोरियामा समाजवादी पार्टीले विसु आभियान अन्तर्गत क्षेत्र नम्बर २ को विस्तारित बैठक सम्पन्न गरेको छ ।
संघीय सांसद तथा पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको प्रमुख आतिथ्य र धनुषा अध्यक्ष पशुपति यादवको सभापतित्वमा बैठक सम्पन्न भएको हो।बैठकमा पार्टीलाई सुदृढ तथा विस्तार कसरी प्रभावकारी बनाउने विषयमा गम्भिर छलफल भएको छ । मधेसको मुद्दा सम्बोधन गराउन मजबुत संगठन निर्माण गर्न सबैले आ-आफ्नो ठाउंबाट कडा मेहनत गर्नुपर्नेमा सांसद अरगरियाले जोड दिए ।
बैठकमा केन्द्रीय सदस्य एवं विसु अभियान क्षेत्र नं. २ का अभियन्ता अरुण सिंह मण्डल,केन्द्रीय सदस्य एवम् क्षेत्र नं. ३ का अभियन्ता उमेश साह,केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य चमेली देवी दास, प्रदेश सभामा पार्टी संसदीय दलका उप-नेता माननीय रामअशिष यादव, प्रदेश सभा सदस्य माननीय शैलेन्द्र यादव, संघीय परिषद सदस्यद्वय ई. विजय मण्डल र मो.अब्दुला शेष, मधेश-प्रदेश समितिका सदस्य द्वय ममता मण्डल र विजय भगत, वरिष्ठ नेता दिनकर यादव,जिल्ला उपाध्यक्ष अम्बु साह लगायत क्षेत्र न.२ अन्तर्गत नपा, गापाका अध्यक्षलगायत पदाधिकारी एवं विभिन्न भातृ संगठनका नेताहरूको सहभागिता थियो । कार्यक्रम संचालन जिल्ला सदस्य रामेश्वर यादवले गरेका थिए ।
विसु आभियान क्षेत्र नम्बर २ को क्षेत्रिय सचिवालय समिती पनि बैठकबाट बनाइएको छ । फागुन १५ गतेसम्म धनुषाका सबै स्थानीय तहमा पार्टीको व्यबस्थि कार्यालय खोल्न सम्बन्धित ठाउंका नेताहरु लाई निर्देशन दिइएको छ ।