2024-06-20

Close

जनकपुरधाम । धनुषामा लर्ड गणेश ईँगलिस बोर्डिँग स्कूल बसले मोटरसाईकलमा सवार युवकलाई ठक्कर दिँदा एक युवकको मृत्यू भएको छ ।

शुक्रबार विहान करिब १०ः४० बजेको समयमा हुलाकी सडकखण्ड अन्तर्गत औरही–तिनकौरियाको बीचमा पर्ने जोगियारास्थित स्कूल बस र मोटरसाईकल जुधेको प्रहरीले जनाएको छ ।
विदेह नगरपालिका वडा नम्बर ७ जोगियारस्थित तिनकौरिया चोकबाट औरही तर्फ जाँदै गरेको प्रदेश २ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाईकल र विपरित दिशातर्फबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको स्कूल बसबीच ठक्कर भएको हो ।

सो दुर्घटनामा धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ बस्ने २० बर्षिय सँतोष यादवको मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भिर घाईते भएका यादवको उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरी चौकी तिनकौरियाले जनाएको हो ।

प्रहरी वरिष्ठ नायव नीरिक्षक कुवेर खतिवडाको कमाण्डमा घटनास्थल पुगेको मुचुल्का टोलीले मुचुल्का गरेको हो । प्रहरी वरिष्ठ सई खतिवडाका अनुसार, मोटरसाईकल र स्कूल बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

तिनकोरिया चोकस्थित सँचालनमा रहेको लर्ड गणेश ईँगलिस बोर्डिँग स्कूलको बसले सँतोषलाई ठक्कर दिएको थियो । अहिले स्कूल बस तिनकौरिया प्रहरीको नियन्त्रणमा रहेको छ । बस चालक तिनकौरिया बस्ने रमेश मण्डल फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds