2024-05-02

Close

जनकपुरधाम । मधेश सरकारले कक्षा १२ की छात्रालाई ल्याप्टप दिने नीति तथा कार्यक्रम ल्याएकोमा नेकपा एमालेका सांसद राजकुमार लेखीले आपत्ति जनाएका छन् ।

सरकारले मंगलवार ल्याएको नीति तथा कार्यक्रममा आजदेखि संसदमा छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै सांसद लेखीले विद्यालयको शैक्षिक अबस्था सुधार्नुको साटो छात्रालाई ल्याप्टप दिने योजना ल्याएको भन्दै आपत्ति जनाए ।

उनले भने, यो प्रदेशको धेरै विद्यालयमा भवनको अभाव छ ।शिक्षक अभाव छ । शौचालय लथालिङ छ । तर सरकार छात्रालाई ल्याप्टप दिने कार्यक्रम ल्याएको छ । यो ठीक होइन् ।

विद्यालयको शैक्षिक अबस्था सुधार्न जरुरी रहेकाले विद्यालयमा भवन निर्माण गर्न, शिक्षक दरबन्दी थप्न र शौचालयको अबस्थामा सुधार ल्याउन सांसद लेखीले सरकारलाई सुझाव दिए ।

उनले बजेटको स्थिति देख्दा अहिलेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेमा शंका रहेको बताए । उनले भने, सरकारको नीति तथा कार्यक्रम एकातीर हुन्छ । बजेट आउछ अर्कातीर कार्यान्वयन झन फितलो हुन्छ । यतातीर सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds