2024-05-18

Close

जनकपुरधाम । धनुषाको धनुषाधाममा चिडियाखाना बन्ने भएको छ ।
धनुषाधामको संरक्षित बन परिसरमा भएको कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं.१ का सांसद जनता समाजवादी पार्टीको नेता समेत रहनुभएका दिपक कार्कीले फागुनमा शिलान्यास हुनेगरी कार्यदललाई निर्देशन दिन बन तथा वातावरण मन्त्री डाक्टर बिरेन्द्र प्रसाद महतोलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री डाक्टर बिरेन्द्र प्रसाद महतोले धनुषाधाम सबै दृष्टिकोणले चिडियाखाना हुने देखिएकोले फागुनमा शिलान्यास हुनेगरी काम गर्न कार्यदललाई निर्देशन दिनुभएको हो ।

धनुषाधाममा काठमाडौं, पोखरा, लगाइत भारतीय पर्यटक आउँछन भने घुम्ने ठाउँ छैन, एक दिन अल्झाउन गाह्रो पर्छ,’ उनले भने,‘अब बन्न लागेको खुला चिडियाखानाले केहि हदसम्म त्यो अभावलाई पूरा गर्छ । धनुषाधाममा आएका पर्यटकलाई २/४ रात बास बस्न सक्ने वातवारण बनाउनुपर्छ ।’

चिडियाखाना बनेपछि काठमाडौं, पोखरा लगायत नेपालको विभिन्न कुनाका साथै भारतीय र विदेशी पर्यटक समेत धनुषाधाममा आउने कर्म बढ्ने दावी सांसद कार्कीको छ ।

सांसद कार्कीले धनुषाधामको डिभिजन बनमा नै चिडियाखाना भईदिए हुन्थ्यो भन्ने सोच मेरो पहिले देखि थियो । मेरो कल्पना पुरा गर्ने अवसर मिलेको बताए । धनुषाधाममा रामायणसंग जोडिएको एतिहाहिक धनुष मन्दिर छन्, वानगंगा छन, बनस्पति उड्यान लगाई बन भित्र प्रयाप्त मात्रामा पानी र सिमसार क्षेत्र भएकोले मधेश प्रदेशकै राष्ट्रिय गौरवको योजना बन्न लागेको छ ।
कार्यक्रम मधेश प्रदेशका बन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी संघीय बन मन्त्रालयका सिन्धु प्रसाद ढुंगाना, शरद चन्द्र अधिकारी, उद्वव प्रसाद घिमिरे, सचिव मधेश प्रदेश डिभिजन बन कार्यालय धनुषा प्रमुख वेचन चौधरी, बन अधिकृत शंकर नारायण झा, जनता समाजवादी पार्टी क्षेत्रीय अध्यक्ष बिनोद कुमार यादव, एमाले नगर अध्यक्ष योगकुमार यादव वडा न.७ का वडा अध्यक्ष हेम नारायण यादव, जसपा नेता श्याम यादव लगाइतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds