2024-03-29

Close

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ को अध्यक्षमा पूर्वमन्त्री जितेन्द्र सोनल र सचिवमा रामविनाेद चाैधरी सहितका पदाधिकारी चयन गरिएकाेमा धन्यवाद ज्ञापन गरिएकाे छ ।

आइतवार लाेसपाका धनुषा स्थित नेता कार्यकर्ताहरूकाे बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेश २ का गरेकाे पदाधिकारी मनाेयन स्वागत याेग्य रहेकाे भन्दै धन्यवाद गरेका छन ।

साे बैठकबाट मनाेनित पदाधिकारीहरूलाई बधाई तथा अध्यक्ष ठाकुर सहित शिर्षस्थ नेताहरूलाई आभार व्यक्त गर्दै प्रदेश तथा जिल्लाका अन्य पदाधिकारी र संरचनाहरूमा मनाेयन गर्न अनुरोध गरेका छन ।


प्रमाेद यादवकाे संयाेजकत्वमा बसेकाे साे बैठकमा प्रदेश सचिव राम विनोद चाैधरी नेताहरू रंजित झा, संजयकुमार साह, जीवछ साह, विमलेश मिश्र, विनोद रोहिता, सरिता कुमारी शर्मा, राजकुमार ठाकुर, नाजिर हुसैन, बलराम यादव र राजु साह लगायत ३४ जना नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रदेश २ को अध्यक्षमा सोनल, सचिवमा रामविनाेद चाैधरी र धनुषा अध्यक्षमा परमेश्वर साहलाई मनाेयन गरेका थिए ।

लोसपाले यसअघि शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, पर्सा र बारा जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको थियो ।लोसपा नेपालको अन्तरिम विधान अनुसार प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds