2024-05-04

Close

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ । पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो ।

यतिमात्र हैन, नगरप्रमुखका भतिजाले समेत यही गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन् । शैल्यशिखर नगरपालिकाका प्रमुख हुन्, बिजय सिंह धामी । हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालिरहेका छन् उनका छोरा पुस्कर सिंह धामी ।

धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको हो ।

मेयरका भतिजा योगेश सिंह धामी यही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन् । साभार : पर्दाफास डट कम न्युज

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds