2024-05-02

Close

नेपालगञ्ज–जनकपुर हवाई उडान सुरु भएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज पहिलोपटक नेपालगन्जदेखि जनकपुर हवाई उडान गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध तथा प्रवर्द्धनात्मक सहयोग एवम् नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँकेको समन्वयमा यति एयरलाइन्सले उडान सुरु गरेको हो । पहिलो प्रवर्द्धनात्मक उडान आज दिउँसो २ बजेर ४० मिनेटमा भएको यति एयरलाइन्सले जनाएको छ ।

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगञ्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगञ्ज–जनकपुर सिधा हवाई उडान सुरु गरिएको हो ।

जनकपुरका लागि गरिएको पहिलो प्रवर्द्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुना, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी लगायतको टोली रहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds