2024-10-08

Close

कृष्णा यादव
बीरगंज ९ आषाढ सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा बाराको मुशहर्वा वलिरामपुर, बरैनिया, छतवा, नाकाबाट व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले पर्साको सिमानाकमा हुने तस्करीमा कडाई गरेपछि अहिले कुख्यात तस्करहरु पर्सा छोडी बाराको बलिराम नाका हुँदै लत्ताकपडा , हाडयेवर , जुत्ता चप्प्ल , काजु , ईलाची,कुखुराको चल्ला र भैसीको तस्करी व्यापकरुपमा शुरु भएको छ।

त्यसैगरि तस्करहरुले अहिले बाराको मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा , हाडयेवर , जुता , गाई भैसी भित्रयाउने गरेकाछन । प्राप्त समाचार अनुसार हिजो राति छतवा नाकावाट केहि व्यापारीहरुले १० अोटा मोटरसाइकलमा कपडा लोड गरि नहरको बाटो गरि सशस्त्र प्रहरी र नेपाल प्रहरको मिलोमतोमा भारतवाट नेपाल भित्राएको स्थानियले नाम नछाप्ने शर्तमा बताएकाछन ।

अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , गाई , भैसी लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी बल बिओपी प्रमुख एवम नेपाल प्रहरी चौकीका प्रमुखद्वयले मोटो रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेको स्थानियले बताएका छन।

बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी बाराका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन ।
बाराको मुशहर्वा,बलिरामपुर नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा , भैसी सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , कुखुराको चल्ला , हाडयेवर, बिष्पोटक पदार्थ पटका लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।

बारा जिल्लाका नामुदत तस्करहरु बाराको बलिरामपुर नाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ ।

बाराको बलिरामपुर र मुशर्हवाको, बरैनिया , छतवानाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रंजनिगंधाको , भैसी , चल्ला तस्करी भइरहेपनी सो नाकाको प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी र नेपाल प्रहरी माथी नै प्रश्न चिन्ह खडा भएको छ । बाराको बलीरामपुर मुशहर्वा र भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक लाखौं रुपैया कपडा , हाडयेवरको , भैसी तस्करहरुले जितपुर सम्म पुर्‍याउने गरेको स्थानियहरुले बताउछन ।

यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर