2024-05-05

Close

जनकपुरधाम । बेरोकटोक हिँड्डुल गर्न र सजिलै खान्की पाउन थालेपछि वरपरका भुस्याहा कुकुर जलेश्वर नगरपालिका क्षेत्रमा आउन थालेका छन् । जसले गर्दा नगरपालिकाका टोलमुहल्ला, गल्लीकुच्ची र बजारका सडकमा भुस्याहा कुकुरको बिगबिगि बढेको छ ।

हुल बाँधेर बस्ने कुकुरहरू रातभर नगरका महेन्द्रचोक, शङ्करचोक, अस्पतालचोक, खैराचोक, साहुजीपट्टी, बसपार्क आदि क्षेत्रमा कुदफान गरिरहेका हुन्छन् । ‘अँध्यारोले छोपेपछि चौकचौराहामा एकतमास कराइरहेका कुकुरको भुकाइले सातो नै जान्छ । कुकुरले आक्रमण गर्ने डरत्रासले गर्दा आकस्मिक कामबाहेक मानिस घरबाट निस्कनै छाडेका छन्,’ स्थानीय सञ्जय गुप्ताले भने ।

एउटा समूहमा दसदेखि बीसवटा कुकुरसम्म रहने र तिनीहरू आवासीय क्षेत्रमा घरि छरिएर त घरि एकत्रित भएर लगातार भुक्दा मानिस राम्ररी निँदाउनसम्म नपाएको गुप्ताको भनाइ छ । उनले पाँच महिनायता कुकुरको सँख्या बढेका र वरपरका पालिकाबाट धेरै बढी कुकुर एकैपटक जलेश्वर आएको अनुमान गरेका छन् ।

सुन्ने र सुँघ्ने शक्ति तीक्ष्ण मानिने र घर सुरक्षाका लागि पालिने स्वामीभक्त कुकुरकै भुकाइले छेउछाउका घरमा सुतिरहेकाको तन्द्रा भङ्ग हुने स्थितिमा बाहिरबाट आएका कुकुरको भुकाइबाट आजित नगरवासीले यो समस्याकै रूपमा देखापरिरहेको बताउँछन् । तर, यसप्रति नगरपालिका कार्यालयको ध्यान नपुगेकोमा उनीहरू दुःखमनाउ गर्छन् ।

पोथी कुकुरले एक बेतमा १२ वटासम्म छाउरा जन्माउने गर्छ । जसका कारणले पनि जलेश्वरमा कुकुरको संख्या ठूलो मात्रामा वृद्धि भएको एकथरीको भनाइ छ ।

कुकुरभुकाइबाट स्थानीय पीडित रहँदैआए पनि मानिसलाई आक्रमण गर्ने र जथाभाबी टोक्ने घटनामा भने प्रकाशमा आएको छैन । तर, कुकुरटोकाइ हुँदै नहुँदै सम्भावना भने छैन,’ एक अर्का स्थानीयले भने ।

नेपालमा रेबिज लागेका भुस्याहा कुकुरको टोकाइबाट मृत्यु हुनेगरेको घटना पनि तथ्याङ्कमा छ । भुस्याहा कुकुरले टोकेर खोप लगाउन आउने बिरामीको संख्या पनि वृद्धि हुँदैगएको छ । गुप्ताले भने, ‘यसले गर्दा पनि जलेश्वरवासी भुस्याहा कुकुरटोकाइको जोखिममा छन् भन्ने प्रस्ट हुन्छ ।’

एकातिर भुस्याहा कुकुरको कराइले बेचैन जलेश्वरवासीका लागि चर्का स्वरमा रातदिन बजाइने डिजे बाजा पनि टाउको दुखाइ बनेका छन् । पूजाआजा, बिहाव्रतवन्ध, मिलानजस्ता विभिन्न साँस्कृतिक उत्सवदेखि लिएर कतिपय अवसर पारेर हुने नाचगान आदिमा ठूल्ठूलो स्वरमा आउने आवाजबाट स्थानीय आजित भएका छन् । ‘ध्वनि प्रदूषणले सीमा नाघिसक्यो । आराजकताको हद कतिसम्म छ भने कार्यक्रमस्थलको आवाज नगरभरि सुनाउन पोलपोलमा स्पिकर झन्ड्याइन्छन्,’ जलेश्वरका सन्तोष साहले भने ।

ध्वनी प्रदूषणका कारण स्थानीयको सुन्न क्षमतामा ह्रास आउनुसँगै विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याहरू उत्पन्न गराएको छ ।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साहले पालिकाभित्र दुवै समस्या नरहेको दाबी गरे । उनले स्थानीयसँग कुराकानी गरी चर्को स्वरमा बाजा बजाउने समस्या समाधान भइसकेको र भुस्याहा कुकुर पनि पालिकामा खासै नरहेको ठोकुवा गरे ।‘पत्यार लाग्दैन भने स्थानीय पत्रकारसँग सोध्नुस् ।’

यद्यपि प्रमुख साहले केही समयअघि काठमाडौंको एउटा गैरसरकारी संस्था पालिकामा रहेका कुकुरको बन्ध्याकरणका लागि सम्पर्क गरेको सम्झिए । उनले भने, ‘म आज बाहिर जाँदैछु, फर्केपछि त्यो गैरसरकारी संस्थासँग सम्पर्क गर्छु ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds