2024-04-24

Close

समाजिक समृद्धिका लागि नारीको सम्मान आवश्यक  : प्रदेश सचेतक यादव

 

विपिन कुमार यादव अपन जनकपुर ,

जनकपुरधाम भदौ १२ गते । प्रदेश सभा सदस्य एवं प्रदेश  सचेतक शैलेन्द्र कुमार यादवले जब सम्म हरेक घरमा नारीको सम्मान हुँदैन समाजमा समृद्धि आउन नसक्ने बताउनु भयो ।

 

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको शहिदनगर नगरपालिका स्थित श्री एस.एन.आर.जनता माध्यमिक विद्यालय धबौलीमा आयोजित साईकल वितरण कार्यक्रमका प्रमुख अतिथि सचेतक यादवले जीवनको मुल आधार एवं समाजिक रुपान्तरणको लागि शिक्षा अपरिहार्य भएको बताउनु भयो । उनले समृद्धि सहितको समाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताउनु भयो ।

जब सम्म छोरीहरुको शैक्षिक विकास हुँदैन समाजमा समृद्धि आउन नसक्ने मान्यताका साथ प्रदेश सरकारले छोरीहरुको पठन–पाठन प्रतिको जागरुकता बढाउन साईकल वितरणको अवधारणा लाएको सचेतक यादवले बताए ।

विद्यालयका प्र.अ.श्री प्रसाद गोहीवारको अध्यक्षतामा भएको साईकल वितरण कार्यक्रमका वक्ताहरुले म्ुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बिमा, साईकल वितरण लगायतका कार्यक्रम अघि सारेकोले प्रदेश सरकार प्रति अभार व्यक्त गरे ।

 

कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं. ७ धवौलीमा वडा अध्यक्ष मनोज साह, सदस्यद्धय राशेन्द्र प्रसाद यादव, ध्रुव शर्मा तथा महिला सदस्यद्धय दल्लो देवी, ठकनी देवी, राजेन्द्र मंडल लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ४३ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । साईकल पाएपछि छात्राहरु अत्यन्तै हर्षित देखिएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds