2024-04-24

Close

विपिन यादव
जनकपुरधाम । समाजवादी इन्जिनियरिङ्ग एसोसिएशन नेपाल (सिन) को मधेश प्रदेश अध्यक्षमा इन्जिनियर रोशन यादव निर्विरोध निर्वाचित भएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा सोमबार भएको सिनको प्रथम अधिवेशनबाट इन्जिनियर यादव प्रदेश अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट २१ सदस्यीय प्रदेश कार्यसमितिका उपाध्यक्षमा पुनित यादव, सचिवमा मुकेशकुमार यादव र कोषाध्यक्षमा अगम महतो तथा सदस्यहरूमा पुजा यादव, शैलेश गोइत, नविनकुमार सिंह, रविकुमार गुप्ता, नवराज यादव, श्यामसुन्दर सिंह, सुनिलकुमार यादव, सोनुकुमार साह, राहुल मण्डल, सुमितकुमार साह, सचिन यादव, जितेन्द्र यादव, नवीनकुमार यादव लगायत निर्वाचित छन् । 

अधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता रामचन्द्र झा, पूर्वमन्त्री किसान श्रेष्ठ, उपाध्यक्ष धर्मनाथ साह, मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेलगायतका नेताकार्यकर्ता उपस्थित थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds