

जनकपुरधाम । बाराको प्रसौनी गाउँपालिका वडा-६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ ।
पर्सा बहुदरमाई घर भई प्रसौनी-६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहासहित ८ जनाले कुटपिट गरेको आरोप छ । मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।
बिज्ञापन




घटना बाहिर आएसँगै नेकपा माओवादी केन्द्रले कुशवाहालाई ६ महिनाका लागि पार्टीले निलम्वन गरेको छ ।
