2024-04-27

Close

काठमाडौं थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाटै बच्चा चोरी भएको घटनामा प्रहरीले संग्दिध महिलाको व्यापक खोजी गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको एउटा छुट्टै टोली बच्चा चोरीको आरोपमा संलग्न संग्दिध महिलाको खोजीमा जुटेको हो । अस्पतालको सीसीटिभी फुटेजमा समेत ती महिलाले बच्चा बोकेर हिँडिरहेको देखिन्छ ।

सीसीटिभी फुटेजमा मास्क लगाएकी महिलाले काखमा बच्चा च्यापेर लगेको प्रष्ट देखिएको छ । सँगै ती महिलाले एउटा हातमा पहेंलो रंगको ब्याग बोकेकी छिन् भने रातो रंगको कुर्था सुरुवाल लगाएकी छन् ।

काभ्रेपलाञ्चोक चौरीदेउरालि गाँउपालिका३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठले जन्म दिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ ।

ती बच्चा चोरेकी महिलाको खोजीमा खटिएका प्रहरी अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा खोजी थालेका छन् । दिउँसो साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरी कहाँ खबर गरिएको थियो ।

ती अपरिचित महिलाले एकछिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगि फरार भएको प्रहरी जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds