2022-01-28

Close

सिरहा । किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै किसानहरुले गाउँ पालिका कार्यालयमा ताला लगाएका हुन् ।

तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको साढे तीन सय ५० बोरा गहुँको बीउ लुटेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए ।
यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत पार्टीका स्थानीय नेता हुन् ।
तालाबन्दि पछि किसान तथा युवाहरुको समूह थप विउ मलको माग र पक्राउ परेकालाई रिहाईको माग गर्दै गाउँमा नारा जुलुस लगाएको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर