2024-04-29

Close

विपिन यादव
जनकपुरधाम । ईलाका प्रहरी कार्यालय (ईप्रका) यदुकुहाको पहलमा दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको छ । रातिका बेला भिजिबिलिटी कम हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको हो ।

ईलाका प्रहरी कार्यालय यदुकुहाका निरीक्षक चन्द्रकिशोर साहले यदुकुहा–कमला सडकमा रहेको पुलबाट सवारीसाधर्न र स-साना बालबालिकाहरू झर्ने अत्यधिक जोखिम हुँदा सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहासँग समन्वय गरी ईप्रका नजिकको पुलमा सुरक्षा पर्खाल लगाइएको जानकारी दिए ।

सुरक्षा पर्खाल लगाइएको पुल कमला सिँचाइको पश्चिम नहरप्रणाली सुचारु हुने एउटा संरचना हो । पुलमा सुरक्षा पर्खाल लगाइएपछि यात्रा सहज तथा जोखिमरहित हुने विश्वास गरिएको छ ।

सडक दुर्घटना न्यूनीकरण गर्न यदुकुहा प्रहरीले नियमित कामसँगै साइकल, ठेलागाडी, ट्रिपर, लामो तथा छोटो दुरीका सवारीसाधनमा समेत रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने योजना अघि बढाएको निरीक्षक साहले बताए ।

ईप्रका यदुकुहाले आफू बचौँ र अरूलाई बचाउँ भन्ने अभियानअन्तर्गत मोटरसाइकल चालकलाई समेत सवारी चलाउँदा ध्यानदिनु पर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी आवश्यक तथा महत्वपूर्ण जानकारी फिल्डमै दिँदै आएको छ ।

जाडोयाममा हुस्सुकुहिरो लागेका बेला सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानीका विषयमा सन्देश साझा गर्नुका साथै बढी दुर्घटना हुने क्षेत्रमा डिभाइडर राखेर आवगमनलाई सहज बनाइएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई गाडी चलाउँदा सिटबेल्ट र हेलमेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नशाजन्य चिजवस्तु सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन आदि एक मिनेट सचेतनामूलक सन्देश दिने काम भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

बढी दुर्घटना हुने स्थान पहिचान गरी न्यूनीकरणका उपाय, सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदा यदुकुहा क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds