2024-04-25

Close

विपिन कुमार यादव ,जनकपुरधाम, ५ माघ । समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं.२ का सांसद उमाशंकर अरगडियाले मधेसी शहिदको बलिदानीले मुलुकमा संघियता कार्यान्वयनमा आएको बताए । शहिद तथा मधेसवादी दलको मुल एजेण्डा नै अधिकार सहितको संघियता रहेकाले प्रदेश सरकारलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

समाजवादी विद्यार्थी यूनियन, धनुषाले जनकपुरको जानकी मन्दिर प्रांगणमा आयोजना गरेको १३ औं बलिदानी दिवसमा बोल्दै प्रमुख सचेतक अरगडियाले शहिदको बलिदानीलाई खेरजान नदिने दावी गरे । मुलुकमा मधेस प्रतिको दृष्टिकोण निकै भिन्न रहेकाले मधेसी जनता उपेक्षित हुँदै आएको छ । संविधान संसोधन तथा अधिकार सहितको प्रदेश सरकार कार्यान्वयन गराउन आफुहरु चरणबद्ध संघर्षमा रहेको जानकारी गराउंदै प्रमुख सचेतक अरगडियाले भने —“अहिलेको संविधान मधेसको हितमा छ्रैन्, संविधान संसोधनकै लागि पार्टी सरकारमा सहभागि भएको थियो । यद्यपी, प्रधानमन्त्री केपी शर्मा ओलीले संसोधनको पक्षमा नदेखिएपछि पार्टी सरकारबाट बहिरिएको छ ।” वर्तमान सरकार संघियता विरोधी गतिविधिमा सक्रिय रहेको टिप्पणी गरे ।

कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, प्रदेश उपाध्यक्ष उर्मिला साह, प्रदेश सदस्य ममता मण्डल, जिल्ला अध्यक्ष पशुपति यादव, कमलेश यादव, सुनिल मण्डल, बलराम कापर, बिन्दी लाल महतो, प्रमोद कुमार अधिकारी ,उमेश यादव ,विकास यादव जितेन्द्र कापर लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds