2024-05-07

Close

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण यदुकूहा वितरण केन्द्र धनुषाका कर्मचारीहरुले मिटरमा सील ठोक्ने बहानामा हजारौँ रुपैयाँ ठगी गरेको पाईएको छ ।

मिटरमा सील नभएको अवस्थामा विधिवत रुपमा गर्नुपर्ने निःशुल्क सीलको लागि विद्युत प्राधिकरण यदुकूहाका कर्मचारी महेश कुमार महतोले हजारौँ रुपैयाँ उठाएर ठगी गरेको बताईएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ३ गोबराही गाउँस्थित मिटरमा सील नभएको भन्दै कर्मचारी महतोसहित उनका अन्य एक जना कर्मचारीले यदुकूहा जानुभन्दा आफूहरुलाई नै केही रकम दिएर सील गर्न लगाउन भनेको बताईएको छ । स्थानीयहरुका अनुसार, सुरुमा सील नलगाएमा पक्राउ गर्ने धम्की दिँदै पछि कोही १५ सय त कोही १ हजार रुपैयाँ दिएपछि सील लगाईदिएको गुनासो गरिएको छ ।

मिटर बिग्रेमा, नयाँ मिटर जडान गरेको बेला नयाँ सील लगाउनुपर्ने भएमा सरकारी दस्तुर तोकिएको भएपनि उनीहरुले आफूखुसी रकम उठाएको आरोप छ । दस्तुर तिरेपछि प्राधिकरणले पुख्ता रसिद प्रदान गर्ने प्रावधान छ । तर, उनीहरुले बिना कुनै रसिदको स्थानीयहरुसँग नगद उठाएको आरोप छ ।

विद्युत प्राधिकरणका एक इन्जिनीयरका अनुसार, कुन समस्या भएर सील काटिएको भए सोही अनुसार न्यूनत्तम दस्तुर तोकिएको बताउँदै बिना रसिदको रकम उठाउनु गैर कानुनी रहेको बताए ।

गोबराहीका एक दर्जन बढी स्थानीयहरुसँग ५०० देखि १५०० सम्म रुपैयाँ उठाएर लगेको बताईएको छ । यस सन्दर्भमा आरोपित कर्मचारी हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds