2024-04-27

Close

जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्र रक्षार्थ खटिएका सशस्त्र प्रहरी र भारतीय एसएसबीले एकसाथ फागुपर्व होली मनाएका छन् ।

मंगलबार धनुषाको खजुरीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबी एक आपसमा होलीका रंग तथा शुभकामना साटासाट गरी हर्षोल्लासका होली पर्व मनाएका हुन् ।

सशस्त्र प्रहरी बल नेपालको आमन्त्रणमा भारतीय एसएसबी प्रहरी टाेली होली उत्सत्वमा सहभागी भएका थिए । उनीहरुलाई सीमा क्षेत्रका अन्य स्थानीयले पनि साथ दिए ।

चाडपर्वहरूमा हामी परिवारसँग टाढा भएपनि सङ्गठनलाई नै परिवार मानेका छौं र यस्ता पर्वहरूसँगै मनाउन पाउँदा हामी हर्षित छौं । सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी दिपेन्द्र साहीले भने ।

उनले यसरीसँगै चाडपर्व मनाउँदा मनमा एक्लोपन महसुस नहुने उल्लेख गरे । यसले देश र जनताको सुरक्षाको लागि काम गरौँ भन्ने भावना मजबुत हुन्छ । असत्यमाथि सत्यको जित नै होली पर्वको मूल मर्म हो उनले भने ।

भारतीय एसएसबीका कमान्डर गोविन्द सिंह भण्डारीले शुभकामना मन्तव्य दिँदै भने नेपाल र भारतबिच रोटीबेटीको सम्बन्ध छ । धार्मिक संस्कृति सम्बन्ध पुरानो छ । दुवै देशका नागरिकबिच पनि उस्तै सम्बन्ध छ । यस्ता कार्यक्रमले हामी सीमामा खटिएका सशस्त्र प्रहरी र भारतीय एसएसबीबिच प्रेमको रंग थपिएको छ ।

दुवै देशका सुरक्षाकर्मी र नागरिकबिच सम्बन्ध थप सुमधुर बनोस् भन्ने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी नं. ८ गणका गणपति एसपी दर्शन गिरीले बताए ।                                                                             सो कार्यक्रमको प्रमुख आतिथ्यमा मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी दिपेन्द्र साह, सशस्त्र प्रहरी नं. ८ गण धनुषाका एसपी दर्शन गिरि, भारतीय एसएसबीका डिपुटी कमाण्डेन्ट गोविन्द सिंह भणडारी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका डिएसपी नरेन्द्र सिंह धामी, सुरक्षा गुल्म जटहीका डिएसपी प्रमोद पाठक, इन्स्पेक्टर हिमाल सुवेदी, इन्स्पेक्टर बिकाश नौउपाने, ईप्रका खजुरीका इन्स्पेक्टर राजकुमार भट्ट, इन्स्पेक्टर मनोज खनाल, इन्स्पेक्टर प्रबिन फुयाल, इन्स्पेक्टर सन्दिप भट्टल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds