विराटनगर महानगरपालिका क्षेत्र भित्र रहेका ठुला अस्पताललाई आइसोलेशन सेन्टर बनाउन युवा नेता राकेश रोशनको सुझाव 

विपिन कुमार यादव,विराटनगरः नेपालमा कोरोनाले भयावह रुप लिइरहेको बेला विराटनगर महानगरपालिकामा पनि कोरोना भयावह रुप लिन थालेको छ ।

यो समाचार तयार पार्दासम्म विराटनगरमा संक्रमितको संख्या २२३ पुगेको छ भने मृत्युहुनेको संख्या ३ पुगेको छ । यसरी महानगरभित्र सिंक्रमितको संख्या बढ्न थालेपछि आईसोलेशन बेडको अभाव हुन थालेको कुरा बाहिरिन थालेको छ ।

बिज्ञापन

सोही कुरालाई मध्यनजर गर्दे जनता समाजवाादी पार्टीका युवा नेता तथा समाजसेवी राकेश रोशन यादवले महानगरक्षेत्र भित्ररहेको सबै ठुला अस्पताललाई आइसोलेशन सेन्टर बनाउन सुझाव दिएको छ ।
युवा नेता यादवले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो सुझाव दिएका हुन ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।
“कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ। संक्रमितहरु घरमै बस्नुपर्ने बाध्यात्मक स्थित हेर्दा कोरोनालाई नियन्त्रण गर्न नसकेर स्थिति भयावह हुनसक्छ। तसर्थ, प्रदेश सरकारले समयमै बुद्धि पुर्याएर विराटनगर महानगरपालिका र बुढीगंगा गाउपालिका संग समन्वयकारी भुमिका निर्वाह गरेर त्यस क्षेत्र भित्र रहेका ठूला अस्पताल र कलेजहरु नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, मनमोहन प्राविधिक विश्वविद्यायलाई आइसोलेशनको लागि तयार पार्नुपर्छ। यो संक्रमणबाट आफू पनि बचौं अरुलाई पनि बचाउ। आआफ्नो सामाजिक दायित्व पूरा गरौं।”