2024-05-29

Close

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ सिता चौक देखि बेंगा जाने बाटोस्थित रातिको समयमा प्रहरी गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा ज. १० प. ७५४५ नम्बरको TVS मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।

बैशाख २१ गतेदेखि हराएको ज.१० प. ७५४५ नम्बरको TVS १२५ सीसी भएको रातो रंगको मोटरसाइकल खोजतलासका क्रममा फेला पारी सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रंन्जन अवाले जानकारी दिए । मोटरसाइकल धनी धनुषा जिल्ला हंसपुर नगरपालिका वडा नं. २ बस्ने उमेश कुमार मण्डलको नाममा दर्ता रहेको भनि बुझिन आएको हुँदा निज सवारी धनीलाई‌ सम्पर्क गरी उक्त मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

मोटरसाइकल धनीले दिएको निवेदन अनुसार प्रहरी नायव निरीक्षक सिंहको नेतृत्वमा प्रहरीको टोली समेत खोजतलास क्रममा खटिँदा सिता चौक देखि बेंगा जाने बाटोस्थित फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता अवाले जानकारी दिए । वडा प्रहरी कार्यालय रेल्वेका प्रमुख प्रहरी नायव निरीक्षक हिलस कुमार सिंहले फेला पारिएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds