2024-05-02

Close

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघमा नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित उद्योग बाणिज्य संघमा विहान साढे १० बजेबाट मतदान सुरु भएको हो ।

संघको ११ सदस्यीय कार्यसमितिका लागि मतदान भइरहेको छ । मतदानस्थलमा ठूलो तामझाम देख्न सकिन्छ । उम्मेदवारहरु ठूला ठूला प्रचार सामग्री सडकमा झुण्ड्याएका छन् ।  

संघको अध्यक्षका लागि चार जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्माण व्यवसायीहरु अशोक चौधरी, रमेश यादव, जगदिश महासेठ र प्रदिप गुप्ता अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रेका छन् । उनीहरु प्यानल खडा गरेका छैनन् ।

उपाध्यक्षका लागि बिरेन्द्र झा, जयप्रकाश साह, दिपक शर्मा, सुरेन्द्र राई, सन्तोष साह र विकास साह उम्मेदवार छन् । सहसचिवमा बिरेन्द्र यादव, रुपेश सिंह, राकेश जयसवाल, विकास प्रसाद यादव र राजेश दास चुनावी मैदानमा छन् ।

तस्तै सचिवका लागि सन्तोष मुखिया, मनोज साह, मुकेश कर्ण र नवनीत कुमार झा प्रतिस्पर्धा गरिरहेका छन् । कोषाध्यक्षमा जयप्रकाश यादव, सुनिल कुमार साह, लक्ष्मण कुमार यादव, रंजित राज सिंह र वैजनाथ यादव उम्मेदवार छन् ।

संघको छ जना सदस्यका लागि ‘क’ वर्गबाट सन्तोष यादव र ‘ख’ वर्गबाट सुभाषचन्द्र चौधरी निर्विरोध निर्वाचित भइसकेका छन् । ‘ग’ वर्गबाट कसैले उम्मेदवारी दिएका छैन् ।

‘घ’ वर्गबाट तीन सदस्य चयन गर्नुपर्नेमा ८ जना उम्मेदवारी दिएका छन् । ‘घ’ वर्गबाट सदस्य चुनिन सिबेश ठाकुर, सुजित झा, राजिव साह, कमलेश जयशवाल, दिपक यादव, प्रदिप भण्डारी, विश्वनाथ यादव र अरबिन्द ठाकुर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

संघका ५९५ सदस्य मतदाता छन् । जसमध्ये लगभग सतप्रतिशत मतदान गर्ने निर्माण व्यवसायीहरु बताउँछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds