2024-12-12

Close

बीरगंज २७ चैत्र
सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार बीरगंजले स्रोत नखुलेको ६ लाख रुपैया भन्दा बढी रकम सहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलले बीरगंजले बीरगंज १६ स्थित शंकराचार्य गेटको सडक अगाडीबाट चेकजाचको क्रममा उक्त रकम सहित एक महिलालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार बीरगंजको सशस्त्र प्रहरी सहायक निरिक्षक गजेन्द्र प्रसाद राउतको कमाण्डमा रहेको टोलीले चेकजाचको क्रममा रकम सहित नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल तर्फ आउदै गरेको जिल्ला पर्सा बीरगंज माहानगरपालिका वडा नम्बर १६ नगवा बस्ने अन्दाजी बर्ष ३७ की माल्ती देवी सोनारको साथबाट ६ लाख २ हजार ७ सय ८० रुपैया स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालले बताएकाछन ।
सशस्त्र प्रहरीले उक्त रकम सहित नियन्त्रणमा लिएको सोनारलाई आवश्यक कारवाहीका लागी बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक रिजालले जनाएकाछन ।
त्यसैगरी सशस्त्र प्रहरी भन्सारले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव ३ लाख ६० हजार रुपैया बराबरको मोटर पार्टस र टेम्पो नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा ना २ ह ३१५६ नम्बरको टेम्पोमा फल्स बटम बनाई लुकाई छिपाई भारतबाट नेपालको बीरगंज तर्फ आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालको कमाण्डमा रहेको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको टेम्पोको मुल्य २ लाख र मोटर्स पार्टसको अन्दाजी मुल्य करिव १ लाख ६० हजार रुपैया गरी जम्मा गरी ३ लाख ६० हजार मुल्य बराबरको सामान आवश्यक कारवाहीका लागी आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालले जनाएकाछन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर