2024-03-29

Close

काठमाडौं : नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ ।

गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली पनि संशोधन गरिएपछि माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अघि बढाउन बाटो खुलेको हो । संशोधित नियमावली हिजो साँझ नै राजपत्रमा प्रकाशित भएसँगै आयोगलाई दल दर्ताको प्रक्रिया अघि बढाउन सहज भएको छ ।

माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल ९लोकतान्त्रिक० नामको दल दर्ताका लागि बुधबार निवेदन दिएका छन । तर, निर्वाचन आयोगले अध्यादेशअनुसार नियमावली नबनेको भन्दै दर्ता प्रक्रिया अघाडि बढाएको थिएन ।

कानुनमा ४५ दिन भित्र दल दर्ताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था भएपनि १० दिन भित्रै सबै प्रकृया टुंग्याउने तयारी निर्वाचन आयोगले गरेको बुझिएको छ ।

माधव नेपाल वा महन्थ ठाकुरको पार्टीमा लाग्न चाहने जनप्रतिनिधिले २१ दिनभित्र पार्टी प्रवेश गर्दा दल त्याग गरेको नमानिने अध्यादेशले भनेको थियो । निर्वाचन आयोगले अध्यादेशको यो व्यवस्थालाई अझ खुकुलो र सरल बनाइदिएको छ ।

संशोधित नियमावली अनुसार प्रदेशसभाका सांसदहरुले नयाँ दल रोज्ने क्रममा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइराख्नुपर्दैन । उनीहरुले प्रदेश निर्वाचन कार्यालयमै सम्पर्क गरे हुने संशोधित नियमावलीमा उल्लेख छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले भने नयाँ दलमा लाग्न चाहेमा त्यसको सूचना सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई २१ दिनभित्र उपलब्ध गराए पुग्ने भएको छ । २१ दिनभित्र नयाँ दल रोज्ने जनप्रतिनिधिहरूलाई दल त्याग गरेको नमानिने अध्यादेशले व्यवस्था गरेको छ ।

हेर्नुहोस् नियमावली:

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds