अप्पन जनकपुर
जनकपुरधाम । जनकपुरधाम फोहोरले दुर्गन्धित बनेपछि वडाध्यक्षहरु आन्दोलित बनेका छन् । दिपावली छठका बेला पनि फोहोर नउठाएपछि आन्दोलन गर्नु परेका वडाध्यक्षहरु बताउछन् ।
वडाध्यक्षहरु जानकीराम साह, दिपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंह लगायतले ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका हुन् । प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरु धर्ना बसेका छन् ।
जनकपुरधामका मेयर लालकिशोर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएपछि फोहोर व्यबस्थापनमा समस्या हुने गरेको छ । वडाध्यक्ष जानकीराम साहले तत्कालै फोहोर उठाउन सुरू नगरिए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिए ।