2024-05-03

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको कार्यालयमा आफ्ना समर्थकसहित तालाबन्दी गर्न पुगेका वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार वडा नम्बर-६ का वडाध्यक्ष उमेश कुमार निराला नेतृत्वमा तालाबन्दी गर्न पुगेका समूहले नगरपालिकामा तोडफोड गर्न थालेपछि उनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई जिम्मेवारीबाट हटाउनु पर्ने माग राख्दै नगर परिसर पुगेका निराला समूहका प्रदर्शनकारीहरूले कार्यालयमा ढुङ्गामुङ्गा गरेपछि स्थिति नियन्त्रणका लिन उनीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरीका सूचना अधिकारी एवं डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनकारीको ढुङ्गामुङ्गाबाट सुरक्षार्थ खटिएका दुई प्रहरी सामान्य घाइते भएका छन् ।

निराला नेतृत्वका प्रदर्शनकारी समूहले नगरपालिकाको कार्यालयभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई गेटमा रोकेको थियो । पछि गेट अगाडि टायर बालेर नगर प्रमुख यादवविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका थिए ।

भित्र छिर्न नपाएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले बाहिरबाटै नगरपालिकाको कार्यालयमा ढुङ्गामुङ्गा गर्दा कार्यालयको परिसरमा राखिएको गाडीको सिसा समेत फुटेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरी एक राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको डिएसपी अवाले बताए ।

शिक्षा शाखाका प्रमुखलाई हटाउन वडाध्यक्ष निराला निरन्तर आन्दोलन गर्दै आएका छन् । यसअघि पनि सोही समूहले शिक्षा शाखा प्रमुखको कार्यालयमा तालाबन्दी गरेका थिए । तर नगर प्रमुखले कार्यपालिकाको १९ मध्ये १८ सदस्यको हस्ताक्षरसहित ताला तोडेका थिए ।

तृतीय श्रेणीका शिक्षकलाई नगरपालिकाको शिक्षा शाखा प्रमुख राख्न नपाइने भन्दै वडाध्यक्ष निराला विगत ५/६ महिनादेखि आन्दोलन गर्दै आएका छन् । तर केन्द्रले विद्यालय निरीक्षक (बिनि) नपठाएसम्म यादवलाई राख्ने कार्यपालिकाले निर्णय गरेको छ ।

नगर प्रमुख यादव र वडाध्यक्ष निराला जनता समाजवादी (जसपा) नेपालबाट निर्वाचित हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds