2024-05-21

Close

जनकपुरधाम । जनकपुरको प्राईभेट अस्पतालमा झण्डै एक महिनादेखि अस्पतालमै बन्धक बनेका एक युवकलाई मधेशका स्वास्थ्यमन्त्री सत्रुधन सिँहले बन्धकमुक्त गराएका छन् ।

जनकपुरको ब्रह्मपुरी स्थित मधेश प्रदेश प्रहरी कार्यालयको सामुन्ने रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा २२ वर्षीय रामविनय महरा झण्डै एक महिनादेखि बन्धक रहँदै आएकोमा मँगलबार उनलाई मन्त्री सिँहले बन्धकमुक्त गराएको हो ।

उनले गराएको उपचार वापतको साढे ४ लाख रुपैयाँ तीर्न नसक्दा उनलाई विगत २५ दिनदेखि अस्पतालमै बन्धक बनाएर राखिएको थियो । परिवारजनले केही रकम तिरेपनि उनलाई अस्पतालले रकम नतिरेको भन्दै बन्धक बनाएर राखेको थियो । मन्त्री सिँहले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएपछि उनलाई तत्कालै विधि पुरयाएर सबै रकम मिनाहा गराउँदै बन्धकमुक्त बनाएको हो ।

डिस्चार्ज हुने दिनसम्म उनको उपचार खर्च फार्मेसी बाहेक झण्डै साढे ४ लाख थियो । जनेतेन चन्दा तथा ऋण उठाएर अस्पतालको ५० हजार र फार्मेसीको ४० हजार गरी ९० हजार तिरेपनि थप रकम बुझाउ नसक्दा बन्धक बनेका थिए । तर, मन्त्री सिँहले सँचारमाध्यमहरुमा आएको समाचारप्रति एक्सन लिँदै उनले मँगलबार बन्धकमुक्त गराएको मन्त्रालयका सँतोष ठाकुरले जानकारी दिए ।

छोरालाई उपचार खर्च तिरेर अस्पतालबाट निकाल्न रामविनयका बुबा पंचु महरा र आमा प्रमिला भौतारिरहेकी अवस्थामा मन्त्री सिँह साहारा बनेका हुन् । उनले जनप्रतिनीधि र प्रदेश सरकार जीवन्त रहेको भनेर एक नमुना कार्य गरी मन जित्न सफल भए ।

भारतको मुम्बईबाट घर फर्केका रामविनय भोलितिर साँझ छिमेक रामकिसुनको रामको ज १२ प ३४६५ नम्बरको मोटरसाइकलमा बाहिर निस्केका थिए । ईलाका प्रहरी कार्यालय औरहीका इन्चार्ज वरिष्ठ सई हेमबहादुर कुँवरका अनुसार चैत १४ गते साँझ ७ बजेर ५० मिनेटमा मोटरसाइकल अनियन्त्रित भएर धनुषाको औरही गाउँपालिकाको कप्टौल भन्ने ठाउँमा दुर्घटना भएको थियो । रामविनय घाइते भएका थिए भने रामकिसुन समान्य चोटपटक लागेको थियो । प्रहरीले रामविनयलाई प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएपछि उपचार नहुँदा उनलाई रिफर गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds