2024-04-28

Close

जनकपुरधाम । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने सरस्वति पूजा आज धुमधामको साथ मनाइदैछ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ ।

यस्तै, वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिन तराई मधेश तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।

यता, जनकपुरमा प्रशासन र बजरंग दलको कडा प्रभाव देखिएको छ । अन्य बर्षहरुमा सरस्वति पूजाको अवसरमा हुने उच्छृँगल गतिविधिमा भारी गिराबट देखिएको छ । बिहानैदेखि पूजा आस्था कम र देखावटीपनमा उत्रने विद्यार्थीहरु यसपाली विद्यालयको पोशाकमा सौहार्द कायम गरेको देखिएको छ ।

प्याबसन र एनप्याबसनले अनिवार्य रुपमा विद्यालयमा पोशाकमै आउन निर्देशन दिएपछि स्कूल कलेजका विद्यार्थीहरु अघिल्लो बर्षजस्तै शैली देखाउन पाएका छैनन् । धनुषा जिल्ला प्रशासनले समेत चर्को स्वरमा डिजे बजाउने, अश्लिल गीत बजाउने, उच्छृँगल गतिविधि गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने भनेपछि अवस्था नियन्त्रणमा रहेको देखिएको छ ।

आजकै दिन भ्यालेन्टाइन डे समेत परेको र त्यसको लागि बजरँग दलले पूजा बाहेक अन्य त्यस्ता गतिविधि गरेको पाईएमा धुलाई गर्ने धम्की दिएपछि विहान १० बजेसमम अवस्था समान्य रहेको देखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds