2024-05-04

Close

बारा । भारतीय सार्प सुटर सुजित कुमार सिंह पक्राउ परेका छन् । भारतको मोतिहारी दर्पा थाना–१ घर भएका २५ वर्षीय सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सार्प सुटरको रुपमा चिनिएका सिंहको समूह नेपाल प्रवेश गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई दुई राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए ।

‘नियन्त्रणमा लिने क्रममा सिंहले प्रहरीमाथि नै आक्रमण गरेपछि खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको हो,’ एसपी काफ्लेले भने, ‘सिंहको दुवै खुट्टामा गोली लागेको छ । हाल उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सिंह नेपालमा बसेर अपराधीक क्रियाकलाप गर्दै आएका व्यक्ति हुन् ।’

प्रहरीले उनको साथबाट एक थान पेस्तोल र ५ थान गोली समेत बरामद गरेको छ ।

सुपारी लिएर मान्छे मार्ने काममा सिंहको समूह सक्रिय रुपमा लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीमाथि बारा र रौतहटमा भएका हत्या घटनाका विभिन्न अभियोग रहेको प्रहरीले जनाएको छ । ‘उनी धेरै हत्यामा जोडिएका पात्र हुन्, हामी थप अनुसन्धान गरिरहेका छौँ,’ एसपी काफ्लेले भने ।

उनको समूहका अरु ७ जना फरार अभियुक्तहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रवेश गरेका सिंहको समूहले बारामा जुनसुकै घटना घटाउन सक्छन् भन्ने सूचना प्राप्त हुनासाथ बारा प्रहरी विभिन्न नाकाहरुमा तैनाथ भएको थियो । सोही क्रममा विश्रामपुर गाउँपालिका(३ मा प्रहरी टोलीसँग उनको समूहको भेट भएको थियो ।

गत असोजको दोस्रो हप्ता बाराको सदरमुकाम कलैया ६ मा दुई मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिनदहाडै गोली प्रहार गरी हत्या गरेका थिए । स्वर्णकारको हत्या सिंहसहित अन्य ३ जना मिलेर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds