2024-05-19

Close

महोत्तरी । ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेट ४३ एवी ५६६ नम्बरको सेतो रङ्गको कारको पछाडी डिकीमा लुकाएर जलेश्वरतर्फ जादै गरेका सितामढी ग्राम पुनौरा टोल वडा नम्बर ३ का सैयद अंसारीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चालक तीव्र गतिमा जलेश्वरतर्फ भाग्न खोजेपछि प्रहरीले उन्लाई झन्डै २० किलोमिटरसम्म पछ्याएको थियो। इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएका प्रहरी टोलिले चेकजाँच गर्दा उक्त कारको पछाडिको डिक्कीमा २ पोका र चालक बस्ने सिटको पछाडी फ्लस बटन बनाई ८ पोका गरी जम्मा १० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल प्रसाद जैसवारले जानकारी दिए ।

पोकाहरू तौल गर्दा प्रत्येक पोकामा ५ किलोको दरले जम्मा ५० किलोग्राम गाँजा भेटिएको जैसवारको भनाइ छ। प्रहरीले उक्त कार बरामद गरेको छ भने अंसारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडी पनि मटिहानीबाट जनकपुरतर्फ जानेक्रमा लागूऔषधसहित एक जना भारतीय नागरिक नै पक्राउ परेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds