अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा जारी कमला क्रिकेट लिग २०८२ अन्तर्गत उद्घाटन खेलमा वडा नम्बर ५ र ६ विजयी भएका छन् ।
पहिलो खेलमा कमला नगरपालिका–२ र वडा नम्बर ६ भिडेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर २ को टोली एक ओभर बाँकी रहँदै अलआउट भयो । उसले विपक्षी टोलीलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ६ ले उत्कृष्ट प्रदर्शन गर्दै मात्र १० ओभरमै लक्ष्य भेट्टाउँदै सहज जित दर्ता गर्यो ।
त्यसपछि भएको दोस्रो खेलमा वडा नम्बर ५ विजयी बन्यो । वडा नम्बर ३ सँगको खेलमा उसले बलियो प्रदर्शन गर्दै प्रतियोगिता आफ्नो पक्षमा पार्यो ।
कमला युवा सञ्जालको आयोजनामा जारी लिग प्रतियोगिता साउन २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको दोस्रो दिन आज वडा नम्बर १ र वडा नम्बर ७ तथा वडा नम्बर ४ र वडा नम्बर ८ बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष विमलेश यादवले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता स्थलमा खेलाडीहरूका लागि खानपान, राम्रो अम्पायरिङ, कमेन्ट्री र मैदान व्यवस्थापनको विशेष ख्याल राखिएको छ ।