श्याम गुप्ता ,बारा, २५ बैशाख
निडर स्वभावकी सरस्वती देवी चौधरी बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा निर्वाचित हुँने विश्लेषण गर्न थालिएको छ । बैशाख ३० गते हुँने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर मतदाता माँझ मत माँग्न व्यस्त चौधरी जीतपुरसिमरामा इतिहास रच्दै पहिलो महिला मेयरमा निर्वाचित हुँने चर्चा सुरु भएको हाे । जीतपुरसिमरामा अहिले त्रिपक्षीय भिडन्त छ । चौधरीसँगै लोकतान्त्रिक समाजवादी पार्टीका संजय साह र नेकपा माओवादी केन्द्रका राजन पौडेलले प्रमुख पदका लागि उम्मेदवारी दिनुभएकाे छ । त्रिपक्षीय भिडन्तमा चौधरीले बाजी मार्ने आकलन जीतपुरसिमरा बासीको रहेकाे छ । प्रमुख बन्ने दौडमा चौधरी पछि माओवादीका पौडेल र लोसपाका साह देखिएका छन् । अप्रत्याशित रुपमा लोसपाबाट उम्मेदवारी दर्ता गराएर चुनावमा उत्रिएका साह जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुँन् । विभिन्न संघ संस्थामा आवद्ध साह र चौधरी बिच प्रमुख पदका लागि प्रतिस्पर्धा हुँने स्थानीय बताउँ छन् । चौधरी र पौडेल बिच प्रतिस्पर्धा हुँने आकलन गरिए पनि माओवादीका उम्मेदवारलाई जीतपुरसिमराबासीले स्विकार्न नसकेको अवस्था स्थानीय एक मतदाताले बताउँनु भयाे । अघिल्लो स्थानीय तहको निर्वाचनमा १० वटा वडामा निर्वाचित भएको माओवादीको कार्य सम्पादन सन्तोषजनक नरहेको स्थानीयबासीले बताएका छन् । एमाले नेतृत्वलाई असफल पारेर आफ्नों पक्षमा जनमत बटुल्ने र अर्को निर्वाचनमा मेयर बन्ने सपना देखेर नगरको बिकासलाई रोक्न अहम भूमिका खेलेको आरोप माओवादी उम्मेदवार माथी छ । यस पटक नेपाली कांग्रेस भने प्रमुख बन्ने दौडमा छैन् । अघिल्लो चुनावमा एमालेको मुख्य प्रतिस्पर्धी बनेको कांग्रेस यस पटक प्रमुख पदको दौडबाटै बाहिरिन पुगेको छ । गठबन्धनका कारण उपमहानगरपालिकाको प्रमुख जस्तो पदमा उम्मेदवारी नैं दिन नपाएको कांग्रेसमा उत्साह छैन् । प्रमुख पदको चुनावी दौडबाट बाहिरिएसँगै जीतपुरसिमरामा कांग्रेसको खासै चर्चा सुनिदैन् । कांग्रेस यति बेला भाग बण्डामा पाएको उपप्रमुख पदमा उम्मेदवारी दिनुभएकी मेघा शाही र वडाका उम्मेदवार जिताउँन लागि परेको छ । गठबन्धनका नाममा कांग्रेसको अस्तित्व नैं गुम्ने खतरा बढे पछि कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् । केन्द्रिय नेतृत्वको स्वार्थका कारण लामो समय देखी जिल्ला, नगर र वडा तहमा राजनीति गर्दै आएका कांग्रेसका नेता कार्यकर्ताको भावना माथी खेल्ने काम भएको कांग्रेस कार्यकर्ता बताउँ छन् । असन्तुष्टीका बिच प्राविधिक कारणले प्रमुख पदमा उम्मेदवारी दिन नसकेको कांग्रेसका कार्यकर्ता दस वर्ष जनयुद्ध गरेर आएको माओवादीको चुनाव चिन्हमा मतदान गर्न अनिच्छुक देखिएका छन् । गठबन्धनका नाममा फरक पार्टीलाई मतदान गर्नु आफ्नों बिचार र सिद्धान्त बेच्नु सरह हुँने भन्दै टिकाटिप्पणी समेत सुनिन थालिएको छ ।
चौधरी कसरी बलियो ?
उपमहानगरपालिकाको प्रमुख पदकी उम्मेदवार चौधरी थारु, मधेसी र महिलालाई प्रतिनिधित्व गर्छिन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भए पछि उपप्रमुख पदमा रहेर अनुभव बटुलेकी चौधरीलाई नगरको बागडोर सम्हाल्न अफ्ठेरो देखिदैन् । चौधरीले आफ्नों पहिलो कार्यकालमा महिलालाई प्राथमिकतामा राखेर काम गरिन् । महिला हिंसा न्युनिकरण, महिला एकता, महिला सशक्तिकरण, महिला पुर्नस्थापना केन्द्र, महिला सम्मान, दक्ष महिला जनशक्ति उत्पादनलाई उनले प्रार्थमिकता दिईन् । नगर भित्र रहेको महिला अधिकार र सशक्तिकरणको क्षेत्रमा काम गर्ने संघसंस्थासंग सहकार्य गरेर उनि अगाडी बढिन् । आफ्नों कार्यकालमा सबै पार्टीमा आवद्ध महिलालाई समेटेर हिड्न सफल भएकी चौधरीको जित्न सक्ने पहिलो बलियो आधार भनेको महिला शक्ति हो । महिला अधिकारका विषयमा सशंक्त ढंगले आवाज उठाउँने महिला सम्बद्ध संघ संस्थाहरु यति बेला महिलाई पहिलो मेयर बनाएर ईतिहास रच्ने अवसर गुमाउँन चाहदैनन् ।
मधेसी र थारु समुदायको मत चौधरीको अर्को शक्ति
चौधरीको अर्को बलियो आधार भने उनको प्रतिनिधित्व गर्ने समुदाय पनि हो । उनि थारु र मधेसी समुदायलाई प्रतिनिधित्व गर्छिन् । जीतपुरसिमरामा बसोबास गर्ने थारु र मधेसी समुदायलाई प्रतिनिधित्व गर्दै नगर प्रमुख पदमा उम्मेदवारी दिने चौधरी पहिलो महिला हुन् । चौधरी नगर प्रमुख पदमा निर्वाचित भए थारु र मधेसी समुदायको समेत प्रतिनिधित्व हुँने छ । जीतपुरसिमरामा थारु समुदायको मात्रै करिब नौं हजार मत रहेको छ । उक्त मत चौधरीको पक्षमा जाने बलियो सम्भावना छ ।
नगरबासीको योजनालाई प्राथमिकता
उपप्रमुख पदमा रहेर एक कार्यकाल बिताएकी चौधरीले नगरबासीको चाहना अनुसारको योजनालाई प्राथमिकतमा राखेर अघि बढ्नु उनको अर्को जित्ने बलियो आधार हो । उपमहानगरपालिका भए पनि पूर्वाधारका हिसाबले अत्यन्तै कमजोर ठाँउमा उनले सडक, नाला, विद्यतु, कल्र्भट, चाँपाकल जडानलगायतका कामलाई प्राथमिकता राखेर अघि बढ्नि । नगरबासीको आवश्यकता अनुसारको योजनालाई कार्यान्यवन ल्याउन अग्रसर हुँने गरी चौधरीलाई ति काम गरेका स्थानका मतदाताले रुचाउने निश्चित छ । चौधरी कै पहलमा पथलैयामा हाई मास लाईट जडान भयो । उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडी चौधरीले उक्त लाईटको उद्घाटन गरेकी थिईन् । उक्त लाईटले रात्री समयमा पथलैयाको मुख्य चोकमा निकै उज्यालो देख्न सकिन्छ । चौधरी कै पहलमा गढीमाई मन्दिर नजिक थारु संग्रालय निर्माणका क्रममा छ । थारु समुदायको संस्कृति संरक्षण हुँने गरी चौधरीले संग्राहलयको अवधारणा ल्याईन् । उनले सबै समुदायको संस्कृति जोगाउन आफूले क्रमशः काम गर्ने उतिबेलै बताएकी थिईन् । चौधरी कै पहलमा जीतपुरसिमरामा संवेदनशील पाठेघरको निःशुल्क चेकजाँच र उपचार गरियो । केही महिना अघि मात्रै सम्पन्न उक्त शिविरमा हजारौं महिलाले निःशुल्क चेकजाँच र उपचार गराए । उपचारका क्रममा पाठेघरको शल्यक्रिया गर्नु पर्ने देखिएका करिब ५० जना महिलाको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।