वीरगन्ज २९बैशाख
पर्साको ग्रामीण भेगका विभिन्न नाकाहरुबाट ठुलो परिमाणमा व्यापक रुपमा तस्करी सुचारु भएको छ।पर्साको ग्रामीण भेगमा पर्ने महादेवपर्टी नाकाबाट स्थानीय प्रहरी प्रसाशनको मिलोमतोमा तस्करी शुरु भएको समाचार प्राप्त भएको हो।पर्साको महादेव पर्टीको नाकाहरुबाट लत्ताकपडा, हाडयेवर, काजु, चामल, कुखुराको चल्ला, भारतीय डेरी मिल्कको चक्लेट र बटरको तस्करी हुँदै आएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले तस्करी बन्द गर्ने निर्देशन दिएपनि उनको निर्देशन विपरीत प्रहरी चौकी महादेव पर्टीका ईन्चार्जा प्रहरी सहायक निरीक्षक ललित कुमार साहले तस्करहरु संग महिनवारी बुझि नुन देखि सुन सम्मको तस्करी लाईन दिएको नाम नछाप्रने सर्तामा एक स्थानियले बताएका छन।पर्सा प्रहरी प्रमुख ढुंगेलले तस्करी बन्द रहेको दाबी गर्दे हिडेपनि उनको मातहात रहेको प्रहरी चौकी महादेवपर्टीले तस्करहरु संग महिनवारी बुझी ठुलो मात्रामा तस्करीको लाईन दिएपछि एसपी ढुंगेलको पर्साको जनता र प्रहरी विभाग माझ नराम्रो सन्देश गईरहको एक जनप्रतिनिधिले बताए।प्रहरी चौकी महादेवपर्टीका ईन्चार्जा सहायक निरीक्षक साहले सो नाकाबाट काम गर्ने तस्करहरु शीत एक महिना २पटक तस्करीको रकम बुझि तस्करीको लाई दिएको स्थानियबासिले बताए।पछिल्लो समय उता एसपी ढुंगेल पर्साको कमान्ड सम्हालेर आएको दिन देखि बन्द रहेको तस्करी अहिले एक सप्ताह देखि उनको तल्लो दर्जाका सई देखि सिपाही सम्मको संरक्षणमा ग्रामीण भेगमा नाकाहरुमा रहेका ईलाका प्रहरी र प्रहरी चौकीहरु मिलोमतोमा व्यापक रुपमा तस्करी फष्टयाएको स्पष्ट रुपले हामी संग रहेको केही भिडीयो क्लिप र फोटोले पुष्टि भएको हो।नेपाल प्रहरी जस्तो पबित्र संगठनमा छुटै पहिचान बनाउन सफल रहेका प्रहरी उपरीक्षक ढुंगेलले सिमा नाकामा हुने तस्करी रोक्न अडान लिएपनि पर्सामा यी नाकाहरुबाट भईरहेको तस्करी रोक्न कति खरो उत्रनु हुन्छ पार्साबासी देख्न बाकि नै रहेको छ।यस बिषयमा बुझनको लागि जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापालाई बुझन फोन सम्पर्क गर्दा उनको फोन उठेन।