2021-07-25

Close

आत्महत्या गर्नुअघि पूर्व सहकर्मीले नाम लिएपछि पत्रकार रवि लामिछाने पक्राउ !

 

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु पूर्व खिचेको भिडियो सार्वजनिक भएसँगै उनले आराेप लगाएका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

 

प्रहरी स्राेतले भिडियाेमा उल्लेख भएकाे महिलाकाे पनि खाेजी भइरहेकाे जनाएकाे छ । ‘तीन जनालाई नै अनुसन्धानका लागि नियन्त्रणमा लिन्छाैँ,’ स्राेतले भन्याे । पुडासैनीले भिडियाेमा आत्महत्या गर्नु बाध्य हुनुका पछाडि लामिछानेसहित तीन जनाकाे हात रहेकाे बताएका थिए । आत्महत्याका लागि दुरुत्साहन दिनेलाई कानुनले दण्डित मानेकाे छ ।

 

गत साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्क नजिकैकाे होटल कंगारुमा झुण्डिएको अवस्थामा पुडासैनीको शव फेला परेको थियो । उनकाे शव गत साउन २२ गते त्रिभुवन टिचिङ अस्पताल काठमाडौंमा पोष्टमार्टम भएको थियाे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर