2024-10-13

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका १ महिनाथपुरस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरमा कार्यरत सशस्त्र प्रहरी डिएसपी नरेन्द्र सिंह धामीको बिदाई गरिएको छ । शनिवार एक समारोह आयोजना गरेर उहाँलाई दोसल्ला, माला र टिका लगाइ बिदाई गरिएको हो । सशस्त्र प्रहरी डिएसपी धामीले ६ महिनाको सेवामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र खुला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनीय काम गरेको भन्दै उहाँको विशेष सम्मान र मायाको चिनोसहित बिदाई गरिएको हो । सो अवधिमा धामीले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग र समन्वयको कारण सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सशस्त्र प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो आउने जाने काम भईरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौं ।’त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका नयाँ प्रमुख सशस्त्र प्रहरी डिएसपी भरत गौतमलाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा वडाध्यक्ष संजय पाण्डे, राधेश्याम गोईत, शम्भु साह, रामपुकार सहनी, समाजसेवी, सशस्त्रका इन्स्पेक्टरहरु, सशस्त्र प्रहरी जवानहरु लगायतकाको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर