भारत लैजाँदै गरेको एक युवतीलाई सशस्त्र प्रहरीद्वारा उद्धार

जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीले एक जना युवतीको उद्धार गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेसनबाट १८ वर्षीय काजल मुखियालाई सशस्त्र प्रहरीले उद्धार गरिएको हो ।

बिज्ञापन

काजललाई जनकपुरबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बेस रेल्वेबाट सशस्त्र प्रहरी असई महेश राईको नेतृत्वमा खटिएको टोलीले शंकाको आधारमा सोधपुछ गरेपछि उनिलाई भारत लगिरहेको बुझिएको छ ।

काजललाई भारत लग्नबाट सशस्त्र प्रहरीले उद्गार गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी दर्शन गिरिले बताए ।

एसपी गिरिका अनुसार उनी आफन्तको सम्पर्कमा नआएकोले दुवै जनालाई नियन्त्रणमा लिई शान्ति पुनस्र्थापना केन्द्र धनुषाको जिम्मा लगाइएर जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको उनले बताए ।