2024-04-25

Close

रौतहट, २६ चैत । रौतहट जिल्लाको सदरमुकाम गौरको बस पार्क स्थित रोयाल इन्दु होटेलमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले संचालिका सहित ५ जनालाई पक्राउ गरेका छन् ।

श्रोतका अनुसार पक्राउ पर्नेमा सशस्त्र प्रहरीको सहायक हवलदारको नाम आउदै छ, ति व्यक्ति घुमुवाको रुपमा कार्यरत रहेको, तर त्यसको विस्तृत विवरण आउन बाँकी नै रहेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त भएको गोप्य सुचनाको आधारमा प्रहरीले आईतवार दिउसो रोयाल इन्दु होटेलमा प्रहरीले छापा मारेका हुन् । प्रहरीले छापा मारेर २ जना पुरुष, दुई जना महिला सहित संचालिकालाई पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।
यौंनधन्धाको आरोपमा दुई महिला, दुई पुरुष तथा उक्त कार्य गराउने होटेलकी संचालिका अहिले प्रहरी हिरासतमा रहेको त्यस वारे अनुसन्धान पछि यथार्थ जानकारी दिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुई दिन अघि गौर नपा १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।
रौतहटको गरुडा, चन्द्रपुर नपाको बागमति सहितका विभिन्न स्थानहरुका केही होटेलहरुमा यस्ता अबैध धन्धाहरु संचालन भईरहेको जानकारीमा आएको हुँदा प्रहरीले उक्त अबैध धन्धा गर्ने गराउनेहरुलाई चाँडै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारवाही चलाउने चेतावनी समेत दिएको प्रहरी श्रोतबाट बुझिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds