2025-05-01

Close

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहसमक्ष विभिन्न २९ बुँदे प्रश्न तेर्स्याएको छ ।

मुख्मन्त्रीले मधेसमा निकै स्टण्टबाजी चलाएर चर्चा बटुल्न खोजेको भन्दै कांग्रेस मधेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्री सिंह विकास निर्माणबाट आम नागरिकको ध्यान दिग्भ्रमित बनाउनमा तल्लिन रहेको आरोप गुप्ताको छ ।

उनले प्रदेशमा भइरहेका विकास निर्माणका काममा भइरहेका ढिलाइ, जनताहरूलाई भइरहेको सास्ती, तस्करहरूको हालिमुहाली बढ्नु तथा बिचौलिया र भ्रष्टहरू सलबलाइरहँदा त्यसलाई रोक्न वर्तमान मुख्यमन्त्री असफल भएको आरोप पनि लगाएका छन् ।

आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका सिंह गठबन्धनको धर्मलाई निर्वाह नगरी आफ्नै पार्टीका मन्त्रीद्वारा आर्थिक लेनदेन गरेर योजनाहरू वितरण गर्नेलाई कारबाही नगरी उन्मुक्ति दिएको आरोपसमेत कांग्रेसले लगाएको छ ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सि‌ंहले कानुनी रूपमा दर्ता नभएका अस्पतालहरू बन्द गराउने अभियान चलाएका छन् । जसलाई सत्ता साझेदार कांग्रेसले ‘सस्तो लोकप्रियता कमाउने नाैटंकी’ भनेकाे छ।

यस्ता छन् मुख्यमन्त्रीलाई कांग्रेस मधेशको प्रश्नहरू :-

१. नेपाल भारतको सीमानामा तस्करी किन बन्द हुँदैन ?

२. यहाँ निमुखा गरिबहरूले निःशुल्क स्वास्थ्य उपचार किन पाउँदैनन् ?

३. कमिसनमा बजेट वितरण कहिले बन्द हुन्छ?

४. मधेस प्रदेशमा अहिलेसम्म दुई प्रतिशत पनि बजेट खर्च नहुनुको मुख्य कारण के?

५. मधेस प्रदेशको सुरक्षा व्यवस्थामा कमजोरी हुनुको मुख्य कारण के?

६. मधेस प्रदेशका सरकारी अस्पतालहरूमा गरिबहरूले समयमा उपचार पाउँदैन किन?

७. प्रदेश अस्पतालमा नगर तथा गाउँघरको सरकारी स्वास्थ्य कार्यालयमा औषधिहरू पर्याप्त मात्रामा उपलब्ध छैनन् किन?

८. अस्पतालमा अस्ति मोबाइलमा कुरा गर्नुभयो । को व्यक्तिसँग कुराकानी गरेर नाम सार्वजनिक नगर्नुकाे कारण के?

९. कानुन विपरीत निजामती कर्मचारीको सरुवा बढुवामा चलखेल भइरहेको किन?

१०. मधेस प्रदेशमा दाइजो प्रथाको कारण दिनप्रतिदिन हाम्रा चेलीहरु अनाहकमा ज्यान गुमाउन बाध्य हुने अवस्था कसरी बन्याे?

११. मधेस प्रदेशमा राजस्व संकलन किन भइरहेको छैन?

१२. मधेस प्रदेशमा रहेका र अहिले बनाइएको मन्त्रालयहरू व्यवस्थापन किन छैन?

१३. मधेस प्रदेश सरकारले अहिलेसम्म गरेको काम कर्तव्यको प्रगति प्रतिवेदन सार्वजनिक किन गरिएकाे छैन?

१४. गरिब, दिनदुखी, न्यून आय भएका कमैयाहरू खान पाइरहेका छैनन्। त्यसको व्यवस्थापन कहिले र पुनर्स्थपाना कहिले हुन्छ?

१५ .मधेस प्रदेशमा किसानहरूले समय–समयमा रासायनिक मल प्राप्त गर्दैनन् किन?

१६. मधेस प्रदेश सरकारले खेतीयोग्य जग्गाहरूमा किसानहरूको लागि सिँचाइ व्यवस्थापन किन गरिरहेको छैन?

१७. मधेसका गाउँघरमा बसोबास गर्ने नागरिकहरू शुद्ध खानेपानीबाट कहिलेसम्म बञ्चित हुने?

१८. आजभोलि नागरिकले सजिलोसँग बैंकबाट ऋण पाइरहेको छैनन् । त्यसको कहिले व्यवस्थापन?

१९. मधेस प्रदेशमा अलपत्र रहेका योजनाहरूलाई कहिले सम्पन्न गर्ने हो?

२०. मधेस प्रदेशमा विश्वविद्यालय र गुणस्तरीय विद्यालयहरू कहिले बनाउने हो?

२१. मधेस प्रदेशमा निष्पक्ष प्रतिस्पर्धा नगराई कमिसनको चलखेल गरेर विभिन्न राजनीतिक पदहरूमा नातावाद कृपावादलाई नियुक्ति परिपार्टी कहिले अन्त्य हुन्छ?

२२. मधेस प्रदेशभित्र सरकारी डाक्टरहरूले आ–आफ्ना निजी प्राइभेट अस्पतालहरू सञ्चालन गरेकाहरूमाथि कारबाही गरी पदमुक्त कहिले गर्ने?

२३. मधेस प्रदेशमा भइरहेको बालविवाह रोकथाम गर्ने याेजना के छ?

२४. मधेस प्रदेशको सबै जिल्लालाई समृद्ध घोषणा कहिले गर्ने हो?

२५. मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले आम जनतासँग उपभोक्ता समितिमा काम गर्न दलाल मार्फत लिइरहेको १० प्रतिशत कमिसन रकम कहिले बन्द गर्ने?

२६. चालु आर्थिक वर्ष ०८१/०८२ मा विनियोजित रकमहरूको कार्यक्रमहरू कहिलेसम्म सञ्चालनमा आउने तथा त्यसको जिम्मेवारी कसले लिने?

२७. मधेस प्रदेशको सरकारी अस्पतालहरूको डाक्टरहरूलाई राम्रोसँग व्यवस्थापन र योग्य, सक्षम र अनुभवी कहिले ल्याउने?

२८. निजी अस्पतालहरूमा काम गर्न सरकारी अस्पतालका डाक्टरहरूलाई कारबाही नगर्ने तर जताततै गएर सस्तो लोकप्रियता कमाउन चेकजाँच गरी नौटंकी मात्र गर्ने आफ्नो सरकारी अस्पतालहरूलाई व्यवस्थापन कहिलेसम्म गर्ने हो?

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर