2024-04-29

Close

जनकपुरधाम । सिरहाको औरहीमा पत्रकार सन्तोष यादवमाथि सांघातिक आक्रमण गर्ने नवल किशोर यादव पक्राउ परेका छन् ।

चिया पिउने क्रममा पत्रकार यादवमाथि गाँजा काट्ने धारिलो हतियार प्रहार गर्ने प्रयास भएको थियो । घटनापछि नवल किशोर यादव र उनका भतिजा प्रभु यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

नवल किशोर यादवले सामाजिक संजालमा पत्रकार यादवको चरित्रहत्या गर्नेगरी अपशब्दहरु लेखेका थिए । सो विषयमा विवादपछि हातहालाहालको स्थित सृजना भएको थियो ।

स्थानीयले घटना शान्त पारिसकेको अबस्थामा नवल किशोर यादवका भतिजा प्रभु यादवले पत्रकार यादवको गर्दनमा धारिलो हतियार प्रहार गरेको बुझिएको छ ।

हतियार प्रहारबाट गर्दनमा हल्का घाउ लागेको छ । घटनापछि प्रहरीले नवल किशोर यादव र उनका भतिजालाई पक्राउ गरेपछि अबस्था सामान्य बनेको छ ।

नवल किशोर यादव चरित्रहीन व्यक्ति रहेको स्थानीय बताउँछन् । केहि पहिला गाउँमै एक व्यक्तिको घरमा रातिको समयमा गलत नियतले पसेपछि उनलाई गाउँलेले बाँधेर जरिवाना गरेको थियो । उनी सामाजिक संजालमा जथाभावी लेखेकै कारण पटक पटक विवादमा पर्छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds