2025-06-13

Close

जनकपुरधाम । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले आफ्नो कार्यकक्षमा भेटघाट गर्न आउने सर्वसाधारणका लागि फरक अनुभूति हुने व्यवस्था गरेका छन्। मन्त्री यादवले कार्यकक्षमा आफू बस्ने कुर्सी जस्तैनै जनताका लागि पनि उस्तै कुर्सी राखेका छन्।

सामान्यता मन्त्री, सचिव वा उच्चपदस्थ अधिकारीका कार्यकक्षमा आफूभन्दा तल दर्जाका व्यक्तिहरूका लागि सामान्य वा तल्लो स्तरका कुर्सी राख्ने चलन छ। तर मन्त्री यादवले यो परिपाटी तोडेका छन्।

जनताको सेवामा बसेको मान्छेले आफू अग्लो कुर्सीमा र जनतालाई होचोमा बसालेर कसरी समान व्यवहार गर्छ? मन्त्री यादवले मधेशपत्रसँग भने, समानता व्यवहारबाट सुरु हुन्छ, भाषणबाट होइन।

मन्त्री यादवको कार्यकक्षमा उनी बस्ने काठको समान्य कुर्सी जस्तै अरु उस्तै खुर्सी जनताका लागि पनि राखिएको छ। त्यसरी आउने व्यक्तिलाई सहज रूपमा आफूसँगै उस्तै उचाइको कुर्सीमा बस्न आग्रह गरिन्छ।

उनले कार्यकक्षमा कुनै पनि औपचारिकता वा पदको घमण्ड देखिने कुनै भौतिक संरचना नराखेका छन्। झ्यालपट्टी सामान्य छन्, टेबलमा सजावटका वस्तुभन्दा फाइल र टिपोट बढी छन्।

हामी मधेशी समाजबाट आएका हौं, जहाँ वर्षौंदेखि विभेद भोग्दै आएका छौं, मन्त्री यादवले भने, अब आफैं सत्तामा पुगेपछि त्यो विभेद दोहोर्याउनु त अपराध नै हुन्छ।

मन्त्री यादव मधेश आन्दोलनबाट उदाएका राजनीतिक व्यक्ति हुन्। उनले आफू मन्त्री भएपछि जनताको पहुँचमा सरकार ल्याउने प्राथमिकता दिएका छन्। आफू बिहान १० बजेदेखि नै कार्यालयमा हुने गरेको भन्दै यादवले कार्यकक्षलाई एकप्रकारको जनताको चौतारी बनाउने प्रयास गरिरहेका छन्।

मन्त्री हुनुको अर्थ केवल कुर्सी कब्जा गर्नु होइन, त्यो कुर्सीलाई जनताले अनुभूत गर्न सक्नुपर्छ, उनले भने, त्यही भएर मैले कुर्सीबाटै सन्देश दिन खोजेको हुँ।

उनको कार्यशैलीका कारण मन्त्री कार्यालयमा आउने जनताको संख्यामा उल्लेख्य वृद्धि भएको मन्त्रालय स्रोतले जनाएको छ। केहीले त मन्त्री यादवको कार्यकक्षलाई फरक अनुभव दिने कार्यकक्ष भन्दै प्रशंसा गर्न थालेका छन्।

हामीजस्ता सर्वसाधारणले मन्त्रीसँगै उस्तै कुर्सीमा बसेर कुरा गर्न पाउँदा आत्मसम्मान महसुस हुन्छ, रौतहट जिल्लाबाट आएका भेटार्थी कल्याण राउतले भने, पहिलोपटक लागेको यो सरकार साँच्चै हाम्रो हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर