2024-05-03

Close

जलेश्वर । महोत्तरीको मटिहानी गान्धीगल्ली सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपालको टोलीले विभिन्न नाम र परिमाणका १६९४ वटा प्रतिबन्धित लागू औषधका ईन्जेक्सनहरु सहित एक जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका-८ स्थित गान्धिगल्ली ईलाकामा बोर्डर आउट पोष्ट मटिहानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम बहादुर भुजेलको कमाण्डमा खटिएको चेक प्वाईन्ट डिउटीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा महोत्तरी जिल्ला मटिहानी-२ बरदाहा स्थाई ठेगाना भएका बर्ष ५२ का अनवर शेखको साथबाट प्रतिबन्धित लागूऔषध डाईजापाम ईन्जेक्सन ५५६ वटा, प्रोमेन्थाजाईन ईन्जेक्सन ६४० वटा र ब्रुफ्रेनरफिन ईन्जेक्सन ४९८ वटा फेला पारी पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेड क्वार्टर महोत्तरीले जनाएको छ । शेखले भारतबाट उक्त प्रतिबन्धित ईन्जेक्सनहरु निलो झोलामा बोकी ल्याएका थिए । सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिकै भाग्न खोजेका उनलाई तत्काल नियन्त्रणमा लिई चेकजाँच गर्दा ठूलो परिमाणमा नेपालमा प्रतिवन्धित ईन्जेक्सनहरु फेला परेको हो ।
पक्राउ परेका व्यक्तिलाई बरामद गरिएका प्रतिबन्धित लागू औषधसहित थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा बुझाइएको गणले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds