प्लेट रिपेयरपछि धनुषा र सिरहा जोड्ने झोलुँगे पुल पुनः संचालनमा

जनकपुरधाम । अधिक लोडका कारण केही बेर बन्द गरिएको धनुषा र सिरहा जोड्ने झोलुँगे पुल पुनः संचालनमा आएको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ कठाल मल्हनीयाँस्थित निर्माण गरिएको धनुषा र सिरहा जोडने लामो झोलुँगे पूलको एक प्लेट भाँचिएपछि शुक्रबार दिनभरि पूलमा आवतजावत बन्द गरिएको थियो ।

बिज्ञापन

झोलुँगे पूललाई पर्यटकीय हिसाबले घुम्न आउँदा अधिक चाप हुने गरेको छ । त्यसमाथि पनि आवतजावतको लागि मोटरसाईकलको समेत चाप बढेपछि प्लेटमा समस्या आएपछि बन्द गरिएको स्वयंसेवकमा खटिएका विनोद मण्डलले बताए । उनले शुक्रबार नै प्रावधिक लगाएर प्लेट रिपेयर गरेपछि पुल पुनः संचालनमा आएको बताए ।

उनले पूलको दुवै तर्फ अस्थायी प्रहरी पोष्ट स्थापनाको लागि जिल्ला प्रशासन कार्यालय धनुषासँग माग गरिएपनि अझै वेवास्ता गरेको कारण पूलमा क्षति हुन सक्ने सम्भावना रहेको बताए ।

यता, ईलाका प्रहरी कार्यालय खजुरीले प्रहरीको सँख्या कम रहेको कारण त्यहाँ डयुटीमा खटाएपनि अस्थायी प्रहरी पोष्ट राख्न सक्ने अवस्था नरहेको बताए ।

पुललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आगन्तुकहरुबाट केही शुल्क लगाउनुपर्ने धारणा राखिएको छ । त्यहाँ आउने मोटरसाईकल पार्किँग, पूलमा आउने आन्तरिक वा बाह्य पर्यटकलाई केही शुल्क लिन सुरु गरे पूल बचाउन गर्न सकिने देखिएको छ ।