2024-09-07

Close

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

मंगलबार सातै प्रदेश र उपत्यकास्थित बाहिनी मुख्यालयका बाहिनीपति, शिक्षालयका समादेशक र सबै जिल्लाका गणपति तथा गुल्मपतिहरुलाई भर्चुअल माध्यमबाट सीमा सुरक्षा तथा विपद् उद्धारसँग सम्बन्धित समसामायिक विषयमा निर्देशन दिँदै उनले सीमा नाकाबाट आवतजावत गर्ने व्यक्तिहरुको चेकजाँच बढाउन भनेका हुन्।

गैरकानुनी रुपमा हुनसक्ने प्रवेशमा रोक तथा सीमा ईलाकामा हुनेसक्ने अवैध गतिविधिहरुको सुक्ष्म रुपमा निगरानी गरी उच्च सुरक्षा सतर्कता अपनाउन सीमा क्षेत्रसँग जोडिएका बाहिनी मुख्यालय तथा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलाई महानिरीक्षक अर्यालले निर्देशन दिएका सशस्त्र प्रहरी बलले जनाएको छ।

बंगलादेशमा भएको आन्दोलनपछि भारत हुँदै त्यहाँका नागरिक अवैध रुपमा नेपाल प्रवेश गर्नसक्ने भएकाले सीमामा सर्तकता बढाउनुपर्ने सोमबारको केन्द्रीय सुरक्षा समितिको बैठकले निष्कर्ष निकालेको थियो। सोही आधारमा सशस्त्र प्रहरीले सोमबारदेखि नै सीमा क्षेत्रमा चेकजाँच बढाइसकेको छ।

त्यस्तै, मनसुनको समयमा हुनेसक्ने विपद् ७जोखिमलगायतका अन्य घटनाहरुको न्यूनिकरण तथा उद्धार कार्यमा सक्रिय रुपमा परिचालन हुन समेत महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाई प्रमुखहरुलाई निर्देशन दिएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर