2024-11-13

Close

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि सप्तरी र सुनसरी दुवै जिल्लाका सुरक्षा प्रमुखहरू कोशी ब्यारेज पुगेका छन् । कोशी ब्यारेज र तटबन्धलगायतका संरचनाको अनुगमनका लागि दुवै जिल्लाका सुरक्षा प्रमुखहरु कोशी ब्यारेज पुगेका हुन् ।
१ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव तीन लाख ८६ हजार ८ सय ७० क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ ढोका खुला गरिएको छ ।

सम्भावित खतराको आकलन तथा कोशी ब्यारेज र तटबन्धलगायतका संरचनाको अनुगमनका लागि दुवै जिल्लाका सुरक्षा प्रमुखहरु कोशी ब्यारेज आएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले बताए ।

कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ ।

सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो । सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो । कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ । पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यति बेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो । त्यति वेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर