2024-09-17

Close

जनकपुरधाम । नक्कली लाइसेन्स पेश गरेर शिक्षक नियुक्त भएका ब्रहमदेव यादवमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका १० बरमझियास्थित स्कूलमा ०६३ सालदेखि निमावि राहत शिक्षक नियुक्त भएका यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।

नक्कली स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) पेश गरी नियुक्ति भई तलव भत्ता खाइरहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यादवले शिक्षक सेवा आयोगवाट जारी भएको भनिएको लाइसेन्स झुट्टा तथा नक्कली रहेको पुष्टि भएको आयोगले ठहर गरेको छ ।

हालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको हुँदा यादवलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर