2024-04-24

Close

काठमाडौं । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।

गिरीले पनि आफू पूरानो घरमा फर्किएको भन्दै खुशी साटिन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको र आगामी दिनमा पार्टीले देशलाई नै नेतृत्वदायी भूमिका प्रदान गर्ने विश्वास लिईएको छ ।

कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराईन् । उनले भनिन्–‘म आज सदस्यको रुपमा उपस्थिति भएको छु । मैले सद्भावना पार्टी कहिल्यैपनि परित्याग गरेको थिईनँ । यो गजेन्द्रबाबुले स्थापना गरेको पार्टी हो । उहाँकै योगदानको कारण आज मुलुकमा संघीयता आएको हो । मैले अपराधिक तत्वबाट पार्टी जोगाएको थिएँ । पछि नेपाल सद्भावना पार्टीको अस्तित्व रहेन । अहिले युवाहरु हुनुहुन्छ । तपाईँहरुले पार्टीलाई अघि बढाउनुभएको छ। म खुशी छु ।’

गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले भनिन्,‘जबसम्म नेपाल, मधेश र संघीयता भन्ने यी तीन चिज रहन्छ, तबसम्म यो पार्टीको अस्तित्व रहनेछ । यो २०४७ सालमा स्थापना भएको संघीयतावादी र मधेशवादी पार्टी हो । मैले जहाँबाट व्यवहारिक राजनीतिको क, ख, ग सिकेको थिएँ, म गजेन्द्रबाबुराको शिष्य हो । म पूनः यस घरमा आएँ । म ईश्वरप्रति आभारी छु ।’

नेपाल सद्भावना पार्टी किन चाहियो ? भन्ने विषयमा उनले लामो प्रवचन दिएकी छिन् । उनले भनिन्,‘२०६५ सालबाट मैले नजिकबाट संविधानसभा र केन्द्रको राजनीति देखें । मैले जुन कुरा सिक्न पाएँ, बुझन् पाएँ कि देशमा सरकार कसरी सञ्चालन हुन्छ भनेर, त्यो पनि एउटा अनुभवको कुरा हो । देशमा अहिले पनि राजनीतिक समस्या यथावत छ ।’

उनले आफूले केही राजनीतिक मुद्दामा अडान लिँदा आफूमाथि राजनीतिक आक्रमण र कारबाही पनि भएको स्मरण गराईन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds