2024-09-07

Close

जनकपुरधाम । सिरहा-धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्न कमला पुल निर्माण संघर्ष समितिले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन-पत्र बुझाएको छ ।

समितिका संयोजक प्रविण कुमार यादव नेतृत्वको टोलीले मधेश भवनमै पुगेर मुख्यमन्त्री सिंहलाई ज्ञापन-पत्र बुझाएको हो । हुलाकी सडकमा रहेको सिरहा र धनुषा जोडने कमला नदिमा नयाँ पुल निर्माण गर्न समितिले एक सुत्रिय माग राखेको छ ।

सात दिनभित्र सात माग पुरा नभएमा मुख्यमन्त्री कार्यालय अगाडी भदौं ४ गतेदेखि सामुहिक आमरण अनसन गर्ने समितिले चेतावनी दिएको छ ।

सिरहाका ईन्जिनियरहरुले संघर्ष समिति बनाएर कमलामा नयाँ पुल निर्माणका लागि संघर्षरत छन् । समितिको आह्वानमा मुख्यमन्त्री सिंहलाई ज्ञापन-पत्र बुझाउन नेकपा एसका सांसद तथा पूर्वमन्त्री प्रमोद यादव र वरिष्ट पत्रकार तथा अभियन्ता रामरिझन यादव पनि पुगेका थिए ।

०६८ मै कमला नदीमा पुल निर्माणको ठेक्का लागेको थियो । साढे तीन वर्षमा पुल निर्माण गर्ने सम्झौता भएकोमा निर्माण कम्पनीले १० वर्षमा ९९ प्रतिशत मात्र काम गरेको थियो । त्यो पुलको पिलर पनि ०७८ साउनमा भासिएपछि अहिले अलपत्र परेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर