2020-10-30

Close

विपिन कुमार यादव,जनकपुरधाम : शनिवार राति जनकपुरको काव्या अस्पतालमा उपचारको क्रममा मृत्यू भएका काँग्रेस नेता पल्टु यादब बनरैतमा कोरोना पुष्टि नभएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

शहिदनगर नगरपालिका ८ घर भएका नेता बनरैतको मृत्यू भएपछि आईतवार स्याब संकलन गरिएको थियो । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्याब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

रुघाखोकी लाग्नुका साथै सास फेर्न समस्या भएपछि नेता बनरैतलाई जनकपुर ल्याइएर काव्या अस्पतालमा भर्ना गरेको केहिबेरमै उनको मृत्यू भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर